newskoseli.Com

परमाणुसम्बन्धी विधेयक संसदमा प्रस्तुत ! ‘कर्मचारी समायोजन अध्यादेश’ स्वीकृत

प्रतिनिधिसभाको मंगलबारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘पारमाणविक विधेयक, २०७५’ प्रस्तुत गरेका छन् ।

विधेयक प्रस्तुत गर्दै मन्त्री पोखरेलले अन्तर्राष्ट्रिय रूपमा सरकारले गरेका प्रतिबद्धता कार्यान्वयन गरी विकसित प्रविधिका माध्यमबाट समृद्धिको लक्ष्य पूरा गर्न सहयोग पुग्ने दावी गरे। सांसद प्रेम सुवालले विधेयकमाथि विरोधको सूचना निर्णयार्थ प्रस्तुत गर्दै कम्पनी र व्यक्ति विशेषलाई हतियार उत्पादन गर्न दिनु नहुने बताए । बैठकको बहुमतले सांसद सुवालको विरोधको सूचनालाई अस्वीकृत गर्ने निर्णय गरेको छ ।

‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ बहुमतले स्वीकृत

बैठकले ‘कर्मचारी समायोजना अध्यादेश, २०७५’ लाई बहुमतले स्वीकृत गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सभामा पेस गरेको सो अध्यादेशलाई प्रतिनिधिसभाका बहुमत सदस्यले स्वीकृत गरेका हुन् ।

सांसद गगनकुमार थापाले सो अध्यादेशलाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गरे । विधिशास्त्रीय ढङ्गले ‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ सङ्घीयता विपरीत भएकाले सूचना फिर्ता नलिने जानकारी सांसद थापाले बैठकमा गराए । तर, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले ‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ लोकतान्त्रिक प्रक्रियासँग जोडिएर आएकाले कुनै शङ्का नगर्न संसदलाई आग्रह गरेको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर