newskoseli.Com

सङ्गीतकार जङ्गमलाई नारायणगोपाल; समुद्रमान र सुन्दरलाई अरनिको पुरस्कार

यस वर्षको ‘नारायणगोपाल युवा सङ्गीत पुरस्कर’ युवागायक तथा सङ्गीतकार अजर जङ्गमलाई प्रदान गरिने भएको छ ।

पुरस्कार छनोट समितिका अध्यक्ष एवं वरिष्ठ गीतकार विश्वबल्लभको अध्यक्षतामा बसेको बैठकले उक्त पुरस्कार जङ्गमलाई प्रदान गर्ने निर्णय गरेको राष्ट्रिय युवासेवा कोषका अध्यक्ष भीमबहादुर अधिकारीले बताए । पुरस्कारको राशि ४० हजार रूपैयाँ छ भने स्वर्णपदक र प्रमाणपत्र समेत प्रदान गरिने छ ।

यस्तै, यस वर्षको‘अरनिको युवा कला पुरस्कार’ युवा कलाकारद्वय समुद्रमान श्रेष्ठ र सुन्दर लामालाई संयुक्त रूपमा प्रदान गरिने कोषले जनाएको छ । उक्त पुरस्कारको राशि संयुक्त रूपमा ५० हजार रूपैयाँ छ र उनीहरूले पनि स्वर्णपदक र प्रमाणपत्र समेत पाउने छन् ।

कोषद्वारा वि.सं. २०४८ मा स्थापना गरिएको ‘नारायणगोपाल युवा सङ्गीत पुरस्कार’ विविध साङ्गीतिक विधामा निरन्तर सक्रिय रहँदै सङ्गीत र गायनका कलात्मकता एवं सिर्जनशीलताको श्रीवृद्धिमा मुलुकको मौलिक, सांस्कृतिक प्रवृत्तिमा प्रतिबद्ध रही योगदान पुर्‍याउने ४० वर्ष ननाघेका युवा गायक तथा सङ्गीतकारलाई प्रदान गरिँदै आइएको छ ।

राष्ट्रिय विभूति अरनिकोको स्मृति एवं सम्मानका साथै कलाको संरक्षण र विकासमा प्रोत्साहन गर्न कोषले २०५७ मा ‘अरनिको युवा कला पुरस्कार’ स्थापना गरेको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर