newskoseli.Com

‘कामविहीन’ भए ‘अस्वीकृत’ न्यायाधीश जोशी : अबदेखि पेशी नै नतोकिने

निवर्तमान प्रधान न्यायाधीश ओमप्रकाश मिश्रभन्दा अघि प्रधान न्यायाधीशमा प्रस्तावित भई संसदीय सुनुवाई समितिबाट ‘अस्वीकृत’ भएका र त्यसपछि पनि सर्वोच्च अदालतमै वरिष्ठतम न्यायाधीशका रुपमा रहिरहेका दीपकराज जोशीले अब उप्रान्त सर्वोच्च अदालतमा ‘काम नपाउने’ भएका छन् ।

बुधबार बिहान सपथग्रहण गरी २९औं प्रधान न्यायाधीशका रुपमा सर्वोच्च अदालतमा पदबहाली गरेका नवनियुक्त प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराले जोशीलाई बुधबारैदेखि कुनै पनि मुद्दामा पेशी नतोक्ने घोषणा गरेपछि न्यायाधीश जोशी अबउप्रान्त ‘कामविहीन’ हुने भएका हुन् ।

प्रधान न्यायाधीशमा ‘अस्वीकृत’ न्यायाधीश दिपकराज जोशी

राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै सर्वोच्च अदालत पुगेर राणाले अबदेखि जोशीलाई मुद्दा नतोक्ने घोषणा गरेका हुन् ।

सर्वोच्चमा बुधबार आयोजित पत्रकार सम्मेलनमा नवनियुक्त प्रधान न्यायाधीश राणाले भने– अन्यायालयप्रतिको जनआस्थालाई माथि उठाउनका लागि मैले जोशीलाई पेशी नतोक्ने कठोर निर्णय लिएको हुँ ।’

वरिष्ठतम न्यायाधीश जोशी प्रधान न्यायाधीशका लागि जेठ २९ मा संवैधानिक परिषद्को सिफारिसमा परेका थिए । तर, उनी संसदीय सुुनुवाइबाट प्रधान न्यायाधीशका लागि अस्वीकृत भएका थिए । संसदीय सुनुवाइ समितिबाट मङ्गलबार प्रधान न्यायाधीशका निम्ति सर्वसम्मत स्वीकृत भएका राणा बुधबारै सो पदमा नियुक्त भई शपथ लिएर पदभार ग्रहण गरेपछि पत्रकार सम्मेलन आयोजना गरेका हुन् ।

समाचार स्रोतले बताए अनुसार आफ्नो सपथग्रहण कार्यक्रम तथा सर्वोच्चमा हुने स्वागत एवं पदबहालीमा समेत उपस्थित नभैदिन प्रधान न्यायाधीश राणाले न्यायाधीश जोशीलाई ’अनुरोध’ गरेका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर