newskoseli.Com

काण्डैकाण्डमा फसेका रवि लामिछाने मुछिए फेरि अर्को काण्डमा !

आफूले काम गर्ने टेलिभिजन प्रस्तुतिबाट भन्दा अनेकथरी ‘स्क्याण्डल’ बाट बढी चर्चामा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछाने फेरि अर्को ‘काण्ड’ का कारण चर्चामा आएका छन् ।

यस पटक उनी आफ्नै चारित्रिक समस्याका कारण विवादमा आएका हुन् । सूचना र जानकारीभन्दा समाज, सरकार र नेपाली नागरिकलाई सामाजिक आचरण एवं व्यवहार ‘सिकाउँदै’ कार्यक्रम सञ्चालन गरेर समाजको एउटा तप्काबीच चर्चा बटुलेका लामिछाने अहिले वैवाहिक जीवन (सम्बन्ध–विच्छेद र पुनर्विवाह) को चर्चाका कारण विववादमा तानिएका छन् ।

नेपाली नागरिकता त्यागेर विदेशी नागरिकतासहित नेपालका सरकारी एवं सञ्चारसम्बद्ध निकायहरुलाई ललकार्दै गैरकानुनी हिसाबले नेपालमा काम गरिरहेर लामिछाने यसअघि चरम विवादमा आएका थिए । उनै लामिछाने २४ वर्षअघि अमेरिकामा विवाह गरेकी दुई छोरीसहितकी श्रीमतीसँग पारपाचुके गरेर अर्कै एक महिलासँग सम्बन्ध राखी बच्चा समेत जन्माएको कुरा आफैंले सार्वजनिक गरेर अहिले फेरि विवादमा आएका छन् ।

शुक्रबार उनले सामाजिक सञ्जाल ‘फेसबुक’ मा लामो ‘स्ट्याटस’ लेख्दै आफ्नो २४ वर्षे वैवाहिक जीवनको अन्त्य र अर्की एक महिलासँग सम्बन्ध राखी बच्चा जन्माएको कुरा स्वीकार गरेका छन् । उनले स्वीकारेका यी दुईबाहेक फेरि अर्की महिलासँग विवाह गर्न लागेको आरोप पूर्वपत्नीले लगाएपछि रवि लामिछानेमाथि थप प्रश्नहरु तेर्सिएका छन् ।

यस्तो छ रवि लामिछानेको ‘स्ट्याटस’–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर