
जुवातास खेलिरहेको अवस्थामा प्रहरीले २१ जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त बौद्धबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शनिबार साँझ ६ बजे काठमाडौं महानगरपालिका– ६, फूलबारीस्थित लोप्साङ शेर्पाको साढे २ तले घरको भुइँतलाबाट जुवातास खेलिरहेको अवस्थामा घरधनी शेर्पासहित २१ जनालाई ७ लाख १९ हजार ५ सय १५ रूपैयाँ नदगसहित पक्राउ गरेको हो ।
त्यसैगरी, प्रहरीले १ किलोग्राम नक्कली सुनसहित १ जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले शनिबार राति २१ बजे काठमाडौं बुढानीलकण्ठ नगरपालिका– १२, खरिबोटबाट सोलुखम्बु घर सोही ठाउँ बस्ने ३५ वर्षीय तासी शेर्पालाई कोठाबाट सुनजस्तो देखिने १ केजी नक्कली सुनसहित पक्राउ गरेको छ ।
यी दुवै घटनाका सम्बन्धमा अनुसन्धान भैरहेको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले जनाएको छ ।