नेपाल पत्रकार महासङ्घको काठमाडौं शाखाका सदस्य मकरध्वज (एमडी) कुलुङको निधन भएको छ ।
पत्रकार कुलुङको निधनमा शाखाले स्तब्ध भएको जनाउँदै दुःख व्यक्त गरेको छ । महासङ्घले आइतबार विज्ञप्ति जारी गरी उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक ऊर्जाशील युवापत्रकार गुमाएको जनाएको हो ।
अठचालीस वर्षीय कुलुङको उपचारको क्रममा आइतबार काठमाडौंको चावहिलस्थित हेल्पिङ हेण्ड अस्पतालमा निधन भएको हो । महासङ्घले दिवङ्गत आत्माको चिरशान्तिको कामनाका साथै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।
उनी मधुमेह र उच्च रक्तचापबाट पीडित थिए । लामो सयमदेखि पत्रकारितामा सक्रिय पत्रकार कुलुङ पछिल्लो समम राजधानी राष्ट्रिय दैनिकमा जिल्ला ब्युरो प्रमुखका रुपमा कार्यरत थिए । उनका श्रीमती र एक छोरा रहेको राससले जनाएको छ ।