newskoseli.Com

आफ्नै श्रीमतीलाई ‘बलात्कार’ को आरोपमा ६ महिना जेल र ५० हजार जरिवानाको फैसला !

आफ्नै श्रीमतीलाई ‘जबर्जस्ती करणी’ गर्ने एक पुरुषलाई जिल्ला अदालत भोजपुरले ६ महिना कैद सजाएको फैसला गरेको छ ।

अदालतले भोजपुर नगरपालिका– ९, पानीट्याङ्की बस्दै आएका हेटौंडा उपमहानगरपालिका– ३, मकवानपुरका ३० वर्षीय अजय भन्ने अनिल तामाङलाई ६ महिना कैद ५० हजार क्षतिपूर्तिको फैसला गरेको हो ।

न्यायाधीश हरिश्चन्द्र इङनामको एकल इजालसले मुलुकी अपराध संहिता ऐन, २०७४ को उपदफा ४ मा उल्लेखित २२८ बमोजिम कैद र क्षतिपूर्तिको फैसला गरेको अदालतले जनाएको छ ।

तामाङले आफ्नो इच्छाविपरीत असोज २४ मा करणी गरेको भन्दै श्रीमतीले प्रहरीमा उजुरी दिएपछि असोज २५ मा प्रहरीले उनलाई पक्राउ गरेको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर