newskoseli.Com

एटीएम मेसिनै फुटाएर पैसा चोर्ने दुई जना पक्राउ

सूर्यविनायक नपा– ७, भक्तपुरस्थित सानिमा बैंकको एटीएम मेसिन फोरेर चोरी गरेको आरोपमा प्रहरीले सोमबार दुई जनालाई पक्राउ गरेको छ ।

तेमाल गाउँपालिका– २, सर्स्युंखर्क, पक्राउ पर्नेमा काभ्रे घर भई हाल बनेपा बस्ने ३९ वर्षीय रमेश पाण्डे र सूर्यविनायक नगरपालिका– ६ का २६ वर्षीय दिनेश सुकुभुटू पक्राउ परेको महानगरीय प्रहरी वृत्त जगाती, भक्तपुरले जनाएको छ ।

बैंकले दिएको उजुरीका आधारमा दुबै जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिएको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर