वर्दियाको गुलरिया नगरपालिका– ५, कृष्णनगर टोलमा एक युवकले सोमबार राति आफ्नै श्रीमतीलाई चिर्पटले टाउकामा हानी हत्या गरेका छन् ।
अन्दाजी ३० वर्षीय मोहन बोहराले श्रीमती सुस्मा कुँवरलाई हत्या गरेका हुन । बुटवलस्थित जबरगणमा कार्यरत सैनिक जवान बोहराले श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
श्रीमतीको हत्यापछि भागेर भारततर्फ जाँदै गर्दा बोहरालाई प्रहरीले मधुवन नगरपालिकाको सानोश्रीमा राति पक्राउ गरेको थियो । सो हत्यामा बोहराकी आमा मैया र बुबा टीकारामको समेत संग्लनता रहेको स्थानीयवासीको आरोप रहेको राससले जनाएको छ ।