newskoseli.Com

बिजुली चोर्ने २४ जना कर्‍याप्प, डेढ लाखको अवैध समान बरामद

विद्युत् प्राधिकरण वितरण केन्द्र लहानबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले लहानको पड्रिया, मटियर्वा, बर्छवालगायतका स्थानबाट विद्युत् चोरी गर्ने २४ जनालाई पक्राउ गरेको छ ।

हुकिङ गरी विद्युत् चोरी गर्ने दुई दर्जन व्यक्तिलाई विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले शुक्रबार पक्राउ गरेको छ । विद्युत् चुहाबट नियन्त्रणका लागि अनुगमन–निरीक्षणको क्रममा हुकिङ गरी विद्युत् चोरी गरिरहेको अवस्थामा ती सबैलाई नियन्त्रणमा लिइएको विद्युत् प्राधिकरण लहानका प्रमुख विष्णुप्रसाद यादवले जानकारी दिए ।

पक्राउ गरिएका सबैमाथि विद्युत् चुहावट ऐनअन्तर्गत कारबाही गरी २ लाख ६० हजार राजश्व असुली गरेको प्रमुख यादवले बताए । सो क्रममा विद्युत् मिटर, पङ्खा र टिभीलगायतका समान समेत बरामद गरिएको छ ।

डेढ लाखको अवैध समान बरामद

प्रहरीको टोलीले सिरहाको विभिन्न स्थानबाट करिव डेढ लाख रूपैयाँ बराबरको अवैध समान बरामद गरेको छ । इलाका प्रहरी कार्यालय विष्णुपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रूपमा चोरीपैठारी गरिरहेको अवस्थामा अवैध तुलसी ७५ प्याकेट र ब्ल्याक चुरोट ७५ प्याकेटलगायत ९५ हजार रूपैयाँ बराबरको समान बरामद गरेको छ ।

यस्तै, प्रहरी चौकी औरहीबाट खटिएको टोलीले पाइन्ट, सर्टको कपडा, धोतीलगायतका करिव ४५ हजार रूपैयाँ बराबरको अवैध कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर