newskoseli.Com

११३ किशोरीले पाए ‘आत्मरक्षा’ तालिम

महिला हिंसाका घटना न्यूनीकरण गर्ने उद्देश्ले प्राज्ञिक विद्यार्थी परिषद् चितवनले किशोरीहरूलाई ‘आत्मरक्षा तालिम’ दिएको छ ।

पहिलो चरणमा जिल्लाका १ सय १३ जना किशोरीलाई एक हप्ते आत्मरक्षा तालिम दिइएको हो । भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसको खुला चौरमा दिउँसो २ बजेपछि तालिम सञ्चालन गरिएको छ ।

तालिममा सहभागी किशोरीले आफैं तालिम दिनेछन् । पछाडिबाट कसैले आएर आक्रमण गर्दा, हिँड्दा–हिँड्दै हात समात्न खोजे, कसैले तानेर भित्तामा टसाएर अभद्र व्यवहार गर्न खोजे वा सामूहिक रुपमै कसैले आक्रमण गर्न खोजे कसरी बच्न सकिन्छ भन्ने बारेमा तालिम दिइएको कार्यक्रम संयोजक पूजा भुसालले बताइन् ।

‘पहिलो चरणमा तालिम लिएका किशोरीले दोस्रो चरणमा आफैं विद्यालय–विद्यालयमा पुगेर तालिम दिनेछन्,’ उनले भने– ‘माघ महिनादेखि स्कुल–स्कुलमा अभियान चलाउँछौं ।’ किशोरीलाई शारीरिकसँगै मानसिक रुपमा समेत बलियो बनाउँ भन्ने उद्देश्यले विभिन्न क्षेत्रका विज्ञबाट तालिम दिइएको भुसालले बताइन् ।

महिलामा बल भए पनि आत्मविश्वासको कमीका कारण उनीहरु हिंसाको सिकार हुनुपरेको उल्लेख गर्दै आत्मरक्षा तालिमले महिलाको आत्मबल बढाउने विश्वास भुसालले व्यक्त गरिन् । किशोरीलाई जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरका प्रशिक्षक कुमार श्रेष्ठलगायतले प्रशिक्षण दिएका हुन् ।

यसअघि जिल्लामा राष्ट्रिय खेलकुद परिषदले पनि महिला तथा किशोरीलाई आत्मरक्षा तालिम दिएको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर