newskoseli.Com

रवीन्द्र मिश्र–उज्वल थापाको विवेकशील–साझा विधिवत रुपमै दुई टुक्रा !

विदेशी गैरसरकारी संस्था (आईएनजीओ) हरुद्वारा सञ्चालित राजनीतिक दलका रुपमा चिनिँदै आएको रवीन्द्र मिश्र–उज्वल थापा नेतृत्वको विवेकशील साझा पार्टी विधिवत ढंगबाटै विभाजन भएर दुई टुक्रा बनेको छ ।

पार्टीको वैचारिक दृष्टिकोणमा असहमति जनाउँदै उज्वल थापाको नेतृत्वमा एक समूह विभाजित भएको हो । सो पक्षले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको प्रदेशसभाका सदस्य विराजभक्त श्रेष्ठले जानकारी दिएका छन् ।

उनका अनुसार ३७ सदस्यीय केन्द्रीय समिति रहेको उक्त पार्टीका १६ जना नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा गएका हुन् । संयोजक रवीन्द्र मिश्र पक्षले छलफल गर्नुको साटो एकलौटी ढंगले ६ जना केन्द्रीय सदस्य सिफारिस गर्ने, विभागहरु भङ्ग गर्ने र महिला तथा युवा सङ्गठन बनाउने निर्णय गरेपछि पार्टी विभाजन भएको बताइएको छ ।

विवेकशील नेपाली पार्टी र साझा पार्टीबीच २०७४ मा एकता भई विवेकशील–साझा पार्टी बनेको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर