newskoseli.Com

पार्टी फुटेपछि रवीन्द्र मिश्रले भने : असाध्यै दुःख लागेको छ तर हिलो छ्यापाछ्याप गर्दिनँ…

असाध्यै आलोकाँचो, उट्पट्याङ र अराजनीतिक हौवा फैलाउँदै ‘प्रोफेसनल’ जीवनबाट निवृत्त भएर राजनीतिक जीवनमा प्रवेश गरेका रवीन्द्र मिश्र यतिबेला रन्थनिन पुगेका छन् ।

प्रदेशसभा–प्रतिनिधिसभाको चुनाव अघि दुई संयोजक रहने गरी विवेकशील नेपाली भन्ने समूहसँग एकीकृत भएर बनेको विवेकशील साझा पार्टीको एउटा समूहले पार्टी फुटाएर गए पनि आफ्नोे अभियान नरोकिने दावी संयोजक मिश्रले गरेका छन् ।

पार्टी फुटपछि आफ्नो धारणा सार्वजनिक गर्न शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलन गर्दै पार्टीमा विमति भए पनि उज्वल थापासहितले पार्टी नै छाडेर गएकामा मिश्रले चिन्ता व्यक्त गरेका । अर्का संयोजक थापासहित १६ जनाले शुक्रबार निर्वाचन आयोगमा विवेकशील नेपाली दल दर्ता गरेका छन ।

आफू हिलो छ्यापाछ्याप गर्ने पक्षमा नरहेको मिश्रले बताए । ‘पार्टी छाडेर जाने साथीहरुले लगाएको आरोपले असाध्यै दुःख लागेको छ तर म कसैलाई आरोप लगाउने पक्षमा छैन, मैले पनि आरोप लगाएँ भने धेरै हुन्छ’– उनले भने ।

आफ्ना कमी–कमजोरी स्वीकार गर्दै पार्टी फुटाएर जानेले पार्टीमा विधि र प्रक्रिया मिचिएको भनेर लगाइएको आरोप झुटा भएको दावी संयोजक मिश्रले गरेको राससले उल्लेख गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर