newskoseli.Com

तस्कर–प्रहरीबीच भीडन्त, १ को मृत्यु

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका– १०, शंकरपुरमा तस्कर र प्रहरीबीच दोहोरो फायरिङका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

तस्कर नियन्त्रण गर्न शनिबार राति साढे १२ बजे सादा पोसाकमा खटिएका प्रहरीले तस्करलाई नियन्त्रणमा लिन खोज्दा मुठभेड भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार मुठभेडका क्रममा प्रहरीको जवाफी फायरिङमा गोली लागेर घाइते भएका एक तस्करलाई भैरहवा मेडिकल कलेजले राति १ बजे मृत घोषणा गरेको थियो ।

एक तस्कर फरार भएका छन् । पोस्टमार्टमका लागि उनको शव रुपन्देहीस्थित भीम अस्पतालमा राखिएको छ । भारतीय मोटरसाइकल युपी ५३ एच २०२८ मा आएका तस्करहरुलाई सादा पोशाकका प्रहरीले रोक्न खोज्दा उनीहरुले प्रहरीमाथि नै गोली चलाएको प्रहरीले जनाएको छ । गस्तीमा खटिएका प्रहरी जवान कृष्ण श्रेष्ठको बायाँ हातमा गोली लागेको छ ।

प्रहरीको गोली लागी मृत्यु भएको तस्करको पहिचान खुल्न नसकेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक हृदय थापाले बताए । प्रहरीले घटनास्थलबाट भारतीय नम्बर प्लेटको एउटा मोटरसाइकल र एक थान पेस्तोल बरामद गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर