newskoseli.Com

स्वयम्भू क्षेत्रका बुद्धका मूर्ति चोर्ने पक्राउ, ५ थान सुनका चुरासहित श्रेष्ठ कर्‍याप्प

पुराना बुद्धका मूर्तिसहित एक जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ ।

स्वयम्भू, सीतापाइला र भगवानपाउ इलाकामा पूरातात्त्विक महत्त्वका मूर्ति बेचबिखन तथा कारोबार हुँदैछन् भन्ने विशेष सूचनाका आधारमा टोलीले सिन्धुलीका ३९ वर्षीय दिलबहादुर ल्योलेलाई शनिबार साँझ पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । झोलामा लुकाएर ल्याएका तीन थान बुद्धका मूर्तिसहित उनलाई पक्राउ गरिएको जानकारी परिसरका प्रवक्ता होवीन्द्र बोगटीले दिए ।

भन्सार छलेर ल्याएको सुनसहित पक्राउ

त्यसैगरी, भन्सार छलेर ल्याएको सुनसहित परिसरको टोलीले एक जनालाई पक्राउ गरेको छ । वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशबाट फर्किएका कामदारलाई प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन ल्याउँदै गरेको अवस्थामा धनकुटाका २८ वर्षीय समीर श्रेष्ठलाई शनिबार साँझ पक्राउ गरेको हो ।

पक्राउ परेका श्रेष्ठसँग सुनका ५ थान चुरा र ४१ हजार रूपैयाँ प्रहरीले बरामद गरेको छ । पक्राउ परेका श्रेष्ठलाई आवश्यक कारबाहीका लागि राजश्व विभाग हरिहर भवन पठाइएको परिसरले जनाएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर