newskoseli.Com

हर्न बजाउने ३७९ चालकमाथि कारबाही

तुलसीपुर उमहानगरपालिकाको तुलसीपुर बजारलाई हर्न निषेध घोषणा गरेको करिव डेढ महिनाको अवधिमा सो पालन नगर्ने ३ सय ७९ चालक कारबाहीमा परेका छन् ।

ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब निरीक्षक चन्द्रबहादुर केसीका अनुसार कारबाहीमा पर्नेमा सबैभन्दा बढी मोटरसाइकलका चालक छन् । त्यस्तै बस, जिप, कार, ट्र्याक्टर, ट्रक, अटो रिक्सालगायतका सवारी साधनका चालक पनि कारबाहीमा परेका छन् ।

हर्न बजाउने सबै चालकलाई प्रहरीले सडकमा नै कारबाही गरेको हो । तीमध्ये १ सय ८९ जनाबाट जरिवानास्वरुप ९८ हजार राजश्व सङ्कलन भएको छ । १ सय ९० जना चालकले आफूसँग पैसा नभएको भन्दै जरिवाना तिर्न आलआट्ल गरेपछि प्रहरीले ती चालको सवारी चालक अनुमतिपत्र तथा सवारी दर्ता प्रमाणपत्र नियन्त्रणमा लिएको छ ।

तुलसीपुर उपमहानगरपालिका र प्रदेश– ५ को प्रहरी कार्यालयले बृहत् जनचेतनामूलक कार्यक्रम गरी मङ्सिर १६ देखि तुलसीपुर बजारलाई हर्न निषेध क्षेत्र तोकेको थियो । हर्न निषेध कार्यान्वयनका लागि ट्राफिक प्रहरीले तुलसीपुरमा अनुगमन तीव्र पारेको छ । अहिले बजारका मुख्य चोकचोकमा जेब्रा क्रसिङदेखि सर्वसाधारण पैदल यात्रुलाई सडकमा हिँड्दा अपनाउनुपर्ने सुरक्षा, सडकबाट हिँड्ने तरिकालगायतबारे सिकाइँदै छ ।

हर्न निषेध अभियानलाई प्रभावकारी बनाउन तुलसीपुरका विभिन्न १० स्थानमा जेब्रा क्रसिङ निर्माण गरिएको छ । ट्राफिक व्यवस्थापन सहज तथा हर्न निषेध अभियान सफल बनाउन जेब्रा क्रसिङ निर्माण गरिएको हो । जेब्रा क्रसिङ निर्माणपछि पैदल यात्रुलाई सडक पार गर्न सजह भएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर