newskoseli.Com

अवैध हतियार बनाइरहेका शेरबहादुर पक्राउ

धुर्कोट गाउँपालिका– ३, हाडहाडेका ५१ वर्षीय शेरबहादुर जीसीलाई जिल्ला प्रहरी कार्यालयले घरमै अवैधरुपमा आरन सञ्चालन गरी भरुवा बन्दुक बनाएको अभियोगमा पक्राउ गरेको छ ।

प्रहरीले आइतबार तम्घासमा पत्रकार सम्मेलन गरी भरुवा बन्दुक बनाउन प्रयोग हुने सम्पूर्ण सामग्री सहित जीसीलाई सार्वजनिक गरेको छ । जीसीको घरबाट ३ थान भरुवा बन्दुक, ‘मेड इन कोलकता’ लेखिएको एक थान टोय एर गन, दुई थान बन्दुकको नाल र बन्दुकको छर्रा बनाउन प्रयोग हुने रड, बारुद, पटाका, बन्दुकको ट्रिगर, सटगनको खोका, ब्याट्री, युरिया र आरनको पङ्खालगायतका सामग्री बरामद गरेको प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले बताए ।

विशेष सूचनाका आधारमा प्रहरीले अनुसन्धान गर्दै जाँदा इलाका प्रहरी कार्यालय पुर्कोटबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएको टोलीले घरमा हतियार बनाउने कारखानासहित जीसीलाई पक्राउ गरेको हो । गत साता पनि प्रहरीले धुर्कोट गाउँपालिका– ७ निवासी कृष्ण घर्तीको घरबाट समेत एक नाल भरुवा बन्दुक बरामद गरेको थियो । पक्राउ परेकालाई हिरासतमा राखी अनुसन्धान गरिरहेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर