newskoseli.Com

कृषिमन्त्रीले भने : ‘अनुसन्धान गर्ने नार्ककै अनुसन्धान गर्नुपर्छ’

कृषिमन्त्री चक्रपाणि खनालले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) कै अनुसन्धान गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनको अवलोकनपछि आयोजित छलफल कार्यक्रममा मन्त्री खनालले नेपालका वैज्ञानिक पलायन हुने अवस्थाको अन्त्य गर्न अनुसन्धान केन्द्रमै अनुसन्धान गर्नु आवश्यक रहेको बताएका हुन् । ‘नेपालका वैज्ञानिकको अनुसन्धान विगतमा सार्क मुलुकमा अग्रणी स्थानमा थियो,’ उनले भने– ‘वैज्ञानिकको हिजोको विरासत कहाँनिर टुट्यो ?’

राज्यको नीति, वैज्ञानिकको काम गर्ने क्षमता अथवा देशमा वातावरण नभएर– के कारणले वैज्ञानिक पलायन भए भन्नेबारे अनुसन्धान गर्नुपर्ने उनले बताए । नार्कलाई कुनै आरोप लगाउने पक्षमा आफू नरहेको भन्दै कृषि क्षेत्रमा प्रगति गर्न नसक्नुको गल्ती–कमजोरी खोजी गर्नुपर्ने मन्त्री खनालले बताए । आधुनिक कृषि प्रणालीमा अनुसन्धान र किसानलाई प्रविधिमा जोड्न सके मात्र विदेशिने लाखौं नेपाली युवालाई स्वदेशमै रोक्न सकिने उनको भनाइ छ ।

नार्कका परिषद् सदस्य मित्रराज दवाडी, किशोर दाहाल, भरतपुर महानगरकी प्रमुख रेनु दाहाललगायतले कृषिमा वैज्ञानिकीकरण भनिए पनि परिणाममा आउन नसकेको बताए । नार्कका कार्यकारी निर्देशक डा. टेकबहादुर गुरुङले पछिल्लो समय नेपालमा प्रयोग भइरहेको प्रविधिका बारेमा जानकारी गराएको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर