newskoseli.Com

अगरबत्तीको प्याकेटभित्र चरेसको व्यापार : २ नम्बरी धन्दाका अनेक काइदा !

अगरबत्तीको प्याकेटभित्र हालेर चरेसको व्यापार हुने गरेको तथ्य बुधबार सार्वजनिक भएको छ ।

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले ‘लामा अगरबत्ती’ को प्याकेटभित्र लुकाएर हङकङ पठाउन लागिएको अवस्थामा १५ किलो ५ सय ग्राम चरेससहित एक महिलालाई पक्राउ गरेपछि उक्त तथ्य बाहिर आएको हो ।

पक्राउ पर्नेमा नुवाकोटकी २९ वर्षीय कान्छीमाया घले रहेको ब्युरोका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । २ वटा ठूला प्याकेटमा अगरबत्ती राखेर वैदेशिक भन्सार हुलाक कार्यालय सुन्धाराबाट हङकङ पठाउने क्रममा बुधबार सो चरेस फेला परेको हो ।

‘प्याकेट जोख्दा अस्वाभाविक तौल फेला परेपछि कर्मचारीले खबर गर्नुभयो, तत्कालै गएर अनुसन्धान गर्दा प्याकेटभित्र कागजमा बेरेर भित्र चरेस र बाहिर अगरबत्ती राखिएको फेला पर्‍यो’– जोशीले भने । मेसिनले पेलेर पातलो बनाई कागजमा बेरेर राखिएको अवस्थामा चरेससहित १ सय ४८ प्याकेट अगरबत्ती समेत फेला परेको प्रहरीले जनाएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर