newskoseli.Com

गृहमन्त्री–उत्तर कोरियाली राजदूत भेटवार्ता : के–के भए कुराकानी ?

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सँग नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले बिहीबार शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रित रहेको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जनाएका छन् ।

भेटवार्ताका क्रममा गृहमन्त्री थापाले नेपालका लागि नयाँ राजदूतका रुपमा कार्यभार सम्हालेकामा राजदूत मेनलाई कार्यकाल सफलताका शुभकामना दिँदै उनको कार्यकालमा दुई देशबीचको सम्बन्धले थप उचाई लिने विश्वास व्यक्त गरे ।

पछिल्लो समय उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियासँग बढाएको वार्ता र छलफलको स्वागत गर्दै त्यसको सफल परिणाम आउने आशा समेत गृहमन्त्रीले व्यक्त गरे । राजदूत मेनले नेपाल र उत्तर कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४५ वर्ष पुगेको स्मरण गर्दै यो सम्बन्धलाई थप उचाइमा पुर्‍याउनु पर्नेमा जोड दिए ।

नेपालमा आउने कोरियाली नागरिकलाई प्रवेशाज्ञा प्रक्रिया सहज बनाइदिन राजदूत मेनले गृहमन्त्री थापासँग आग्रह गरे । उनले गृहमन्त्री थापालाई उत्तर कोरिया भ्रमणको निम्तो समेत दिएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर