newskoseli.Com

प्रदेश– ३ बाट सुरु हुँदै ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’

प्रदेश– ३ बाट प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गर्ने तयारी भइरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । सरकारले चालू आ.व. मा उक्त कार्यक्रमका लागि ३ अर्ब १० करोड रुपैयाँ विनियोजन गरेको छ ।

चालू आ.व. को नीति तथा कार्यक्रम समावेश भएको उक्त कार्यक्रम यसै आ.व. देखि सुरु गरिने मन्त्रालयद्वारा जारी विवरणमा उल्लेख छ । सरकारले रोजगारी हकसम्बन्धी ऐन समेत निर्माण गरिसकेको छ । बाध्यात्मक स्थिति बाहेक कुनै पनि नेपाली रोजगारीका लागि विदेश जानु नपर्ने गरी तयारी भइरहेको मन्त्रालयका सचिव महेश दाहालले बताए ।

उक्त कार्यक्रम सुरु भएलगत्तै देशका ७ सय ५३ स्थानीय तहमा रोजगार सेवा केन्द्र खुल्नेछन् । सो केन्द्रमा करारमा एक जना कर्मचारीको भर्ना प्रक्रिया समेत अगाडि बढेको जानकारी सचिव दाहालले दिए ।

केन्द्रले बेरोजगारको तथ्याङ्क सङ्कलन गर्ने तथा बेरोजगारलार्इ सिप र तालिम दिएर रोजगारीका अवसर प्रदान गर्नेछ । सो सम्बन्धमा आवश्यक प्रक्रिया अगाडि बढेको मन्त्रालयद्वारा हेटौंडामा आयोजित कार्यक्रममा जानकारी दिइयो ।

मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ दुलालले विगतमा पनि यस्ता कार्यक्रम आएको तर व्यवहारमा सफल नभएको बताउँदै यो कार्यक्रमलाई सफल पार्न सबैले जोड दिनुपर्ने बताए । मन्त्रालयले प्रदेश र स्थानीय तहका प्रतिनिधिसँग समेत छलफल गरेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर