newskoseli.Com

घाँटी थिचेर, मुक्का र ढुङ्गा प्रहार गरेर पत्रकारको हत्या, हत्यारा पक्राउ

पत्रकार मनोहर ढकालका हत्यारालाई पक्राउ गरी प्रहरीले शनिबार सार्वजनिक गरेको छ ।

हेटौंडा– ११, नवलपुरका १९ वर्षीय अनमोल पुडासैनी र मनहरी– १ का प्रवीण वाइबा पक्राउ परेका हुन् । अभियुक्तद्वयले पत्रकार ढकालको घाँटी थिचेर तथा मुक्का र ढुङ्गा प्रहार गरेर आफैंले हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।

त्यस्तै, दिनेश मोबाइल एनड इलेक्ट्रोनिक्स सेन्टरका दिनेश थापामगर र नारायणी सुनचाँदी पसलका नारायणबहादुर सुनारलाई पनि प्रहरीले पक्राउ गरेको छ । हत्यारासँग विनाबिल मोबाइल तथा सुनको औंठी किनेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको बताइएको छ ।

लुटपाटका कारण हत्या गरेको भनिए पनि अनुसन्धान जारी नै रहेको प्रहरीले जनाएको छ । ढकाललाई पुस २५ मा राप्ती पुल नजिकै जङ्गलमा गम्भीर घाइते अवस्थामा भेट्टाइएको थियो । तत्काल हेटौंडा अस्पताल पुर्‍याइएका उनलाई अस्पतालले मृत घोषित गरेको थियो ।

१५ वर्षदेखि विभिन्न रेडियोमा काम गर्दै आएका ढकाल रेडियो अनमोलमा कार्यरत थिए । बुद्ध माध्यामिक विद्यालय हेटौंडा– १२ का शिक्षक समेत रहेका ढकालको हत्यामा संलग्न व्यक्तिहरू गिरफ्तार गर्न सफल भएकामा प्रेस चौतारी मकवानपुरका अध्यक्ष प्रकाश दाहालले प्रहरीलाई धन्यवाद दिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर