newskoseli.Com

डा. गोविन्द केसीको बर्खास्ती माग्दै थापाको अनशन, उनको पक्षमा प्रदर्शन

बारम्बार अनशन बसेको भन्दै डा. गोविन्द केसीलाई बर्खास्त गर्न माग गर्दै विजय थापा अनशन बसिरहेका छन् ।

‘स्वतन्त्र सचेत युवा विद्यार्थी’ ले शनिबार अनशनरत थापाको पक्षमा प्रदर्शन गरे । उनीहरुले दिउँसो शिक्षण अस्पताल महाराजगञ्ज अगाडि थापाको पक्षमा प्रदर्शन गरेका हुन् ।

सरकारी तलब–भत्ता, सेवा–सुविधा लिएर सरकारविरुद्ध बारम्बार अनशन बस्ने डा. गोविन्द केसीलाई बर्खास्तीको माग गर्दै र थापालाई उपचारमा सहयोग नगरेको विरोधमा उनीहरुले प्रदर्शन गरेको स्वतन्त्र युवा विद्यार्थी भरतसिंह धामीले जानकारी गराए ।

डा. केसीका विरुद्ध अनशन बसेका थापाको स्वास्थ्यमा समस्या आएपछि उनलाई काठमाडौं ल्याइएको हो । अहिले शिक्षण अस्पताल महाराजगञ्जमा डा. केसीसँगै थापाको पनि उपचार भइरहेको छ । डा. केसीले चिकित्सा शिक्षा सुधारको माग राखी इलाममा १६औं पटक अनशन बसेपछि थापा पनि उनका विरुद्ध अनशन बसेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर