newskoseli.Com

बिजुलीको पोल अड्याउने तारमै ११ हजार भोल्ट : करेन्ट लागेर २ को मृत्यु, १ गम्भीर घाइते

करेन्ट लागेर शनिबार धनुषामा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मिथिला बिहारी नगरपालिकाका ३४ वर्षीय परमेश्वर मण्डल र सिरहा घर भई हाल जनकपुरको कदम चोक बस्दै आएका ३१ वर्षीय जगन्नाथ साहको मृत्यु भएको हो ।

जनकपुर उपमहानगरपालिका– १२, कुवारामपुरमा पोलको सहाराका लागि राखिएको तारमा प्रवाहित ११ हजार भोल्टको करेन्ट लागेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलबाट लड्दा नजिकैको बिजुलीको पोलमा ठोक्किएपछि पोललाई अड्याउन बाँधिएको तारबाट प्रवाह भैरहेको करेन्टका कारण दुवैको घटनास्थलमा नै मृत्यु भएको थियो ।

बचाउन गएका सूर्यनारायण ठाकुरलाई पनि करेन्ट लागेर घाइते भएका छन् । उपचारका लागि उनलार्इ जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको प्रहरी उपरिक्षक गोविन्द थपलियाले बताएको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर