newskoseli.Com

२ थान भरुवा बन्दुकसहित युवक पक्राउ, आगलागीबाट १४ लाख क्षति

भरुवा बन्दुकसहित दाङमा एक युवक पक्राउ परेका छन् । शनिबार साँझ ६ बजे पक्राउ परेका शान्तिनगर गाउँपालिका– ४, जुम्लेकुला निवासी २९ वर्षीय हरिबहादुर रासकोटीलाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो ।

आफ्नै घरमा लुकार्इछिपार्इ राखिएका दुई थान भरुवा बन्दुक र बँदेलको जस्तो देखिने दुई थान खुट्टाको सपेटासहित उनलाई पक्राउ गरी मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद ६ को दफा १२९ को हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताएका छन् ।

त्यसैगरी, दाङका दुई घरगोठमा आगलागी हुँदा करिव १४ लाख रूपैयाँ बराबरको क्षति भएको छ । शनिबार अपराह्न ४ बजेतिर बङ्गलाचुली गाउँपालिका– ७, श्रीखर्क निवासी देवराज पुन र उनका छोरा गोपालको घरमा आगलागी हुँदा १३ लाख ७३ हजार रूपैयाँभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

आगलागीबाट देवराजको घर, लत्ताकपडा, अन्नपात, भाँडावर्तन र आधा तोला सुन गरी ६ लाख ८० हजार तथा गोपालको घरगोठ, अन्नपात, लत्ताकपडा, भाडावर्तन, एक तोला सुन, सोलार र नगद २५ हजार गरी ७ लाख ९३ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले बताए ।

एक्कासि घरगोठमा लागलागी भए पनि सजगता अपनाएकाले मानवीय क्षति भने भएको छैन । प्रहरी तथा स्थानीयवासीको सक्रियतामा शनिबार साँझ ५ बजेतिर आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर