newskoseli.Com

प्रचण्डपत्नी सीता अस्पताल भर्ना : यस्तो छ अस्पतालको भनाइ

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाल उपचारका लागि धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना भएकी छन् ।

आइतबार बिहान अस्पताल भर्ना भएकी सीताको उपचारमा डा. युवराज शर्मा नेतृत्वको टोली खटिएको अस्पतालले जनाएको छ । उनलाई रुघाखोकी र ज्वरोको समस्या देखिएको छ ।

प्रचण्डपत्नी सीताको स्वास्थ्यमा सुधार आएको अस्पताल निर्देशक दिलिप डङ्गोलले जानकारी दिए । उनले भने– ‘पूरै ठीक हुन केही दिन लाग्ने हुँदा यहीं राखेर उहाँको उपचार हुनेछ ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर