newskoseli.Com

५ संवैधानिक आयोगका अध्यक्षमा को–को भए सिफारिस ?

संवैधानिक परिषदले विभिन्न पाँच संवैधानिक आयोगका अध्यक्ष पदका लागि नाम सिफारिस गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा पर्वतका बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा प्युठानका शान्तराज सुवेदी र मधेशी आयोगको अध्यक्षमा धनुषाका डा. विजयकुमार दत्तको नाम सिफारिस गरेको हो ।

त्यसैगरी, परिषदले थारू आयोगको अध्यक्षमा बर्दियाका विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको अध्यक्षमा काठमाडौंका समिम अन्सारीको नाम सिफारिस गरेको जानकारी बैठकपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दिएका छन् ।

नेपालको संविधानअनुसार संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट संवैधानिक आयोगका अध्यक्षको पद तथा गोपनीयताको सपथ गराइने व्यवस्था रहेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर