newskoseli.Com

महालक्ष्मीले दियो मेलमिलाप प्रशिक्षण

‘आफ्नो विवाद आफ्नै समाधान’ भन्ने नाराका साथ महालक्ष्मी नगरपालिकाले प्रत्येक वडाबाट छानिएका दुई जनालाई मेलमिलापसम्बन्धी आधारभूत प्रशिक्षण दिइरहेको छ ।

नगरपालिकामा आउने स–साना विवाद वडाबाटै समाधान गराउने उद्देश्यले नेपाल मेलमिलापकर्ता समाजको सहयोगमा माघ २ देखि नौ गतेसम्म प्रशिक्षण चलाइरहेको हो ।

नगरप्रमुख रामेश्वर श्रेष्ठले स्थानीय पदाधिकारीलाई उक्त प्रशिक्षणमा सहभागी गराई वडास्तरबाटै विवाद अन्त्य गराउन प्रयास थालिएको जानकारी दिए । उक्त प्रशिक्षणमा नगरपालिकाका पाँच पदाधिकारीसहित प्रत्येक वडावटा दुई–दुईका दरले मेलमिलाप गराउन इच्छुक २० जनाको सहभागिता रहेको छ ।
आठदिने प्रशिक्षणपछि समाजमा हुने घटनाका सम्बन्धमा प्रशिक्षार्थीको परीक्षण गरिने र परिक्षणले उनीहरूको कमिकमजोरी पहिचान हुनाका साथै वडामा दक्ष व्यक्तिको सहभागितामा मेलमिलाप समिति निर्माण गर्न सहयोग पुग्ने नगरप्रमुख श्रेष्ठले बताए ।

नगरपालिकाका न्यायिक समिति प्रमुख निर्मला थापाले वडामै समाधान गर्न सकिने मुद्दामा नगरपालिकालाई बोझ नहोस् भन्ने उद्देश्यले प्रशिक्षण अघि बढाइएको जानकारी दिइन् ।
वडा कार्यालयले समाधान गर्नसक्ने स–साना मुद्दा वडामै समाधान हुनुपर्छ उनले भनिन् । वडाले मेलमिलाप गराउन नसक्ने मुद्दा नगरपालिकाले हेर्छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर