newskoseli.Com

ड्रम पड्किएर मजदुरको मृत्यु, ट्रयाक्टर पल्टिँदा चालकको मृत्यु

बेलबारी नगरपालिका– ११ मा मंगलबार बिहान ग्यास भरिएको ड्रम पड्किएर एक मजदुरको मृत्यु भएको छ ।

सोही स्थानमा रहेको बस्नेत ग्रिलमा काम गर्दै आइरहेका ३७ वर्षीय मनिष बराईलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईले जानकारी दिएका छन् ।

वेल्डिङको काम गर्ने क्रममा ड्रम पड्किएर शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका बराईलीको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रयाक्टर पल्टिँदा चालकको मृत्यु

त्यसैगरी, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको वर्दिवासस्थित बाँके जङ्गलमा रुई पेल्ने मेसिनसँगै जोडिएको ट्रयाक्टर पल्टिँदा त्यसका चालक रौतहटको चन्द्रपुर नगरपालिका– ९ बस्ने ५० वर्षीय सागर मन्सुरीको मृत्यु भएको छ ।

ट्र्याक्टरमै बसिरहेका रौतहट चन्द्रपुर नपा– ९ कै २१ वर्षीय विनोद राम गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।

सोमबार राति करिव ८ बजे वर्दिवासबाट रौतहट जाँदै गरेको ना ६ त ५६१५ नम्बरको रुई पेल्ने मेसिनसँग जोडिएको ट्र्याक्टर बाँके जङ्गलमा आफैं अनियन्त्रित भई पल्टिँदा चालक मन्सुरीको घटनास्थलमै मृत्यु भएको हो । मृतकको शव परीक्षणका लागि अञ्चल अस्पताल जनकपुर पठाइएको प्रहरीले जनाएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर