newskoseli.Com

काठमाडौंमै प्रहरीले चलायो गोली, पेस्तोल र ६ राउन्ड गोलीसहित तामाङ पक्राउ

प्रहरीले मंगलबार राजधानीमै गोली चलाएको छ । ‘शंकास्पद गतिविधि’ गरेको आरोपमा गोली चलाएर प्रहरीले गोंगबुस्थित ‘होटल नक’ बाट एउटा पेस्तोल र ६ राउन्ड गोलीसहित काभ्रेका अभिलास तामाङलाई पक्राउ गरेको छ ।

होटलमा बसिरहेका बेला उनलाई गोली हानेर प्रहरीले पक्राउ गरेको हो । काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीको नेतृत्वमा गएको टोलीले उक्त होटलको १०४ नम्बर कोठामा गोली हानेको बताइएको छ । गोली देब्रे खुट्टामा लागेको काठमाडौं प्रहरी परिसर टेकुका प्रमुख एसएसपी वसन्त लामाले बताएका छन् ।

पक्राउपछि तामाङलाई उपचारका लागि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको एसएसपी लामाले बताए । डीएसपी बोगटीका अनुसार सोमबार रातिदेखि होटलमा बसेर तामाङले शंकास्पद गतिविधि गरिरहेको सूचना आएको थियो ।

सोही सूचनाका आधारमा प्रहरी टोली मंगलबार साँझ त्यहाँ पुग्दा उनले पेस्तोल देखाएपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर