newskoseli.Com

खानेपानी मन्त्री–सहसचिव ‘टकराव’ : मन्त्रालयले जनायो आपत्ति

मन्त्री बीना मगरका सम्बन्धमा सहसचिव राजनराज पाण्डेले व्यक्त गरेको धारणाप्रति खानेपानी मन्त्रालयले आपत्ति जनाएको छ ।

मन्त्री मगरका निजी सचिव गुणराज श्रेष्ठका अनुसार सहसचिवजस्तो सार्वजनिक पदमा आसिन व्यक्तिबाट गैरजिम्मेवार र लाजमर्दो अभिव्यक्ति दुःखलाग्दो र लाजमर्दो रहेको छ ।

नेपाल सरकारले सहसचिव पाण्डेलाई सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको सचिव पदमा कामकाज गर्न सरुवा गरी पठाएको भए पनि उनी आफ्नो जिम्मेवारी पूरा नगरेकाले फिर्ता आएको भन्दै उनको दरबन्दी मन्त्रालयमा नभएकाले जिम्मेवारी नदिइएको मन्त्रालयले स्पष्ट पारेको छ ।

मन्त्रालय अन्तर्गतका अन्य निकायमा जिम्मेवारी तोक्दा समेत सहसचिव पाण्डेले काम गर्न नमानेको उल्लेख गर्दै उनले चलाएको गलत हल्ला र अफवाहको पछाडि नलाग्न समेत मन्त्रालयले आग्रह गरेको छ ।

अनावश्यक विदेश भ्रमण नगर्ने सरकारको नीति रहेको र खानेपानी मन्त्रालयले समेत अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्ने–नगराउने निर्देशन गरे पनि सहसचिव पाण्डेले एक कार्यक्रमका लागि विदेश भ्रमणको स्वीकृति मागेको र स्वीकृति नपाएपछि अनुशासनहीन गतिविधि गरेको मन्त्रालयको भनाइ छ ।

आफूलाई मन्त्रालयले कुनै जिम्मेवारी नदिएको भन्दै सहसचिव पाण्डेले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर