newskoseli.Com

सरकारका प्रवक्ताको घोषणा : ‘शिक्षाको व्यापार अब बन्द हुन्छ’

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले अब शिक्षाको व्यापारीकरण सदाका निम्ति बन्द हुने उदघोष गरेका छन् ।

मण्डनदेउपुर नगरपालिका– ४, चैनपुरस्थित महाकाली माध्यमिक विद्यालयको ५८औं वार्षिकोत्सव तथा नयाँ बन्ने भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने– ‘शिक्षा र स्वास्थ्यमा व्यापारीकरण सदाका निम्ति बन्द गर्दैछौं, अब एक कक्षामा पाँच लाख रुपैयाँ र डाक्टर बनाउन ८० लाख रुपैयाँ खर्च गराउने दिनको अन्त्य हुँदैछ, नेपालमा अब यो चल्दैन ।’

केही वर्षभित्रै सबै निजी क्षेत्रका विद्यालय बन्द गरेर ताला लगाउने नभर्इ सामुदायिक विद्यालयको गुणस्तरले आफैं बन्द हुने वातावरण सरकारले बनाउन लागेको दावी उनले गरे । समाजवादउन्मूख सरकारले क्रमशः सामुदायिक विद्यालयलाई भविष्यमा गुणस्तरीय जनशक्ति उत्पादन हुने गरी विशुद्ध शैक्षिक केन्द्रका रुपमा स्थापित गर्न थालेको मन्त्री बाँस्कोटाले बताए ।

शिक्षकले विद्यालयमा राजनीति गर्न नपाउने गरी निकट भविष्यमै कानुन ल्याइन लागेको जानकारी उनले गराए । विश्वविद्यालयका अधिकांश प्राध्यापक निजी विद्यालयमा गएर पढाउने गरेको पाइएकाले सो विषयमा सरकारले कडा निगरानी गरिरहेको मन्त्री बाँस्कोटाले बताए । कार्यक्रममा उनले विद्यालयको नयाँ बन्न लागेको भवनको शिलान्यास गर्नुका साथै उत्कृष्ट शिक्षक तथा अविभावकलाई सम्मान समेत गरे ।

कार्यक्रममा प्रदेशसभाकी सदस्य वसुन्धरा हुमागार्इं र लक्ष्मण लम्सालले सरकारको अभियानमा साथ दिन आग्रह गरे । नगरपालिकाका प्रमुख टोकबहादुर तामाङले नगरपालिका क्षेत्रभित्रका विद्यालयमा शैक्षिक गुणस्तर बढाउन साना कक्षामा अंग्रेजी माध्यमबाट अध्यापन गराउने अभियान थालिएको बताएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर