
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले १० ट्रक गोरु आफूहरुले नियन्त्रणमा लिएको जनाएका छन् ।
सोमबार मध्यरातिदेखि कपिलवस्तुको जङ्गलमा अवैध ढंगले राखिएका १० ट्रक गोरु नेकपाका कार्यकर्ताले नियन्त्रणमा लिएका हुन् ।
मध्यराति ट्रकमा गोरू लोड गर्दै गरेको देखेपछि पुगेका नेकपाका कार्यकर्ताले प्रशासनलाई खबर गरेका थिए । प्रशासनलाई एक कार्यकर्ताले टेलिफोनमा भने– ‘हामीले कारबाही गर्दा कानुन हातमा लिएको भन्नुहोला, तपाईंहरु आउनोस्, हामी गोरु जिम्मा लगाउछौं ।’
विप्लवका कार्यकर्ताले यसरी आग्रह गर्दा प्रहरीहरुले ‘यसबारे हामीलाई केही जानकारी छैन, माथिबाट छाड्दिनू भन्ने छ’ भनेर जवाफ दिँदै फोन राखिदिए । झन्डै दुई सय संख्याका अवैध गोरु कपिलवस्तुका सडकमा यत्रतत्र छाडिएको सो पार्टीसम्बद्ध पत्रकार संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले जनाएका छन् ।