newskoseli.Com

प्रचण्डपत्नी सीताको स्वास्थ्यमा उल्लेख्य सुधार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।

ललितपुरस्थित सुमेरु अस्पतालमा माघ ६ देखि भाइरल ज्वरोको उपचार गराइरहेकी सीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार आइतबार दिउँसोदेखि उनलाई सघन उपचार कक्ष (आईसीयू) बाट सामान्य कक्ष (वार्ड) मा सारिएको छ । उपचारमा संलग्न चिकित्सक डा. अशोक शर्माका अनुसार सामान्य कक्षमा २४ घन्टा निगरानीपश्चात् उनलाई घर फर्काउन सकिने खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर