newskoseli.Com

नेपाल सरकार भेनेजुएलाको शान्ति, स्थायित्व र एकताका पक्षमा

सरकारले बोलिभियाली गणतन्त्र भेनेजुएलाको एकता, शान्ति र स्थायित्वका पक्षमा रहेको स्पष्ट पारेको छ ।

सरकारले त्यहाँ विकसित पछिल्ला राजनीतिक परिघटनालाई नजिकबाट नियाल्दै आएको जनाउँदै भेनेजुएलाका सम्पूर्ण राजनीतिक मतमतान्तरको समाधान शान्तिपूर्ण माध्यमबाट खोजिनुपर्नेमा जोड दिएको छ ।

परराष्ट्र मन्त्रालयले मंगलबार वक्तव्य जारी गर्दै भनेको छ– ‘कुनै पनि राष्ट्रको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुनुहुँदैन, आन्तरिक राजनीतिक मतभेदको निरुपण संवैधानिक मापदण्ड र लोकतान्त्रिक मूल्य–मान्यतानुसार हुनुपर्छ ।’

भेनेजुएलाको अबको राजनीतिक एवं संवैधानिक बाटो निर्धारण गर्ने अन्तिम निर्णय त्यहाँका जनतामा निहित रहेको यथार्थ वक्तव्यमा समेटिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर