
महानगरीय प्रहरी प्रभाग साँखु र प्रहरी चौकी नाङ्लेभारेले शनिबार साँझ काठमाडौंस्थित चापको बोट भन्ने स्थानबाट ८१ हजार ८ सय रुपैयाँसहित १२ जना जुवाडेलाई पक्राउ गरेको छ ।
शंकरारापुर नगरपालिका– १, चापको बोटस्थित कृष्णबहादुर थिङको घरमा जुवा खेलिरहेको गोप्य सूचनाका आधारमा प्रहरी टोलीले पक्राउ गरेको जानकारी महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक लक्ष्मी खनालले दिए ।
काठमाडौं शंकरापुर– १, बस्ने ५१ वर्षीय खड्कबहादुर भुजेल, सोही ठाउँका ४६ वर्षीय सीताराम रिमाल, ५७ वर्षीय बखान तामाङ, ५२ वर्षीय बुदे लामा, ६६ वर्षीय हेमबहादुर वास्तकोटीलगायत १२ जना पक्राउ परेको खनालले बताए ।
पक्राउ परेकाहरुबारे अनुसन्धान भइरहेको जनाउँदै प्रचलित कानुन अनुसार मुद्दा चलाइने जानकारी प्रहरीले दिएको छ । यसअघि पनि महानगरीय प्रहरी वृत्त बौद्ध मातहत जोरपाटी र बौद्धको फूलबारीबाट ठूलो रकमसहित जुवाडे पक्राउ गरी प्रहरीले मुद्दा चलाएको थियो । रासस