
‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (दोस्रो संशोधन) विधेयक, २०७५’ आइतबार राष्ट्रियसभामा पेस भएको छ ।
राष्ट्रियसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सो विधेयक पेस गरेका हुन् । सत्यनिरुपण तथा मेलमेलिाप र बेपत्ता छानविन आयोगको म्याद सकिएसँगै सरकारले ऐन संशोधनको प्रक्रिया अघि बढाएको हो ।