newskoseli.Com

वनमन्त्रीकी भतिजी, पत्रकारकी श्रीमती बबिता मृत फेला

वन तथा वातावरणमन्त्री शक्ति बस्नेतकी भतिजी एवं पत्रकार रोशन खड्काकी श्रीमती बबिता बस्नेत मृत अवस्थामा फेला परेकी छन् ।

बालकुमारी, ललितपुरस्थित वेस्टार अपार्टमेन्टमा बस्दै आएकी बस्नेतले आइतबार आत्महत्या गरेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी रवीन्द्र धानुकले जानकारी दिएका छन् । प्रहरीका अनुसार अपार्टमेन्टस्थित उनको फ्ल्याटमा सलको पासो लगाएर आत्महत्या गरेको अवस्थामा बबिताको शव फेला परेको हो ।

आइतबार बिहान १० बजेसम्म पनि ढोका खोलेर बाहिर ननिस्केपछि ढोका ढकढक्याउँदा ढोका नखुलेकाले बबिताकी नन्दले प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ । लगत्तै त्यहाँ पुगेको प्रहरीको टोलीले ढोका फोरेर हेर्दा पासो लगाएको अवस्थामा बबिताको मृत शरीर फेला परेको थियो ।

मृतकका पति रोशन ऊर्जामन्त्री वर्षमान पुनका प्रेस सहयोगी हुन् । वनमन्त्री बस्नेतका दाइकी छोरी बबिताको मृत्यु शंकास्पद रहेको भन्दै अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर