newskoseli.Com

‘बन्दुक कारखाना’ चलाउने बुढा र घर्ती पक्राउ

घरेलु तौरतरिकाबाट हतियार बनाउने उद्योग चलाउँदै आएका दुई जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।

राजपुर गाउँपालिका– ७, भौवानाका ५९ वर्षीय जीतबहादुर बुढा र रुद्रमणि घर्तीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रवक्ता रामप्रसाद घर्तीका अनुसार भौवा नाकामा बस्ने बुढाको घरबाट ५ थान बन्दुक, १ थान १२ बोर राइफल, ३ थान एयरगन राइफल, १ थान कटुवा पेस्तोल, १ थान रिभल्बर, १२ थान साना हतियार तथा २९ थान ठूला हतियारको नाल बरामद गरिएको छ ।

हातहतियार बनाउन प्रयोग गरिने आरनको मेसिन १ थान, पङ्खा घुमाउने फित्ता, काठको पङ्खा, रिङ, रेती, ह्याक–सका ब्लेट, हथौडा, पेचकस, छिना, सनासो, उदाउने ढुङ्गा, सम्मीलगायतका औजार समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

सटगनको हतियारमा प्रयोग हुने खोका १० थान, बोल्ट, काजा, सुइरो, विभिन्न आकारका स्क्रु र पित्तल गलाउने धसलो पनि सो उद्योगमा फेला परेको बताइएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा घर्ती र बुढाले सशस्त्र द्वन्द्वको समयमा पनि हतियार बनाउने गरेको पाइएको छ ।

प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार घरेलु रुपमा चलाइरहेको उक्त उद्योगमा बनाइएका हतियार भारतको बजारमा बिक्री गरिँदै आएका थिए । ‘नेपालमा पनि उनीहरुले हतियार बेचेका रहेछन्’– उनले भने । पक्राउ परेकाविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसुरको मुद्दा चलाइने खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर