newskoseli.Com

एकै जिल्लाबाट ५ महिनामा ७५ पुरुषले हाले सम्बन्ध–विच्छेदको मुद्दा !

चालू आ.व. को ५ महिनामा ७५ पुरुषले सम्बन्ध–विच्छेदका लागि जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् ।

चालू आर्थिक वर्षको भदौदेखि पुससम्ममा सम्बन्ध–विच्छेदका २ सय ८ उजुरी परेका मध्ये महिलाका तर्फबाट ३ सय ३३ तथा पुरुषका तर्फबाट ७५ उजुरी परेको जिल्ला अदालतले जनाएको छ ।

गत आर्थिक वर्षमा पुरुषले भने मुद्दा दायर गरेका थिएनन् । जारी नयाँ देवानी संहिताले पुरुषका तर्फबाट पनि आफ्नो ‘अधिकार’ का लागि सम्बन्ध–विच्छेदको मुद्दा दायर गर्न पाउने व्यवस्था भएपछि पुरुषले पनि सम्बन्ध–विच्छेदका लागि मुद्दा दायर गरेका हुन् ।

महिलाले दायर गरेका मुद्दामध्ये ५ प्रतिशतभन्दा बढीको फैसला भइसकेको छ भने पुरुषले दायर गरेकामध्ये ७ मुद्दा फैसला भएका छन् । अदालतका स्रेस्तेदार केशवराज कौषिकका अनुसार पुरुषले दिएको उजुरीमा महिलाको सहमति नभएकाले फैसलामा समय लाग्ने बताइएको छ ।

नयाँ देवानी संहिताको भाग– ३, परिच्छेद– ३ मा सम्बन्ध–विच्छेदसम्बन्धी व्यवस्था छ । त्यसमा दुवैका लागि सम्बन्ध व्यवस्था छ । गत आर्थिक वर्षमा सो अदालतमा परेका ४ सय उजुरीमध्ये २ सय को फैसला भइसकेको अदालतले जनाएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर