newskoseli.Com

निर्मला पन्तको नाममा ‘निर्मला बाल उद्यान’ शिलान्यास

भीमदत्त नगरपालिका– २, कञ्चनपुरस्थित सरस्वती माध्यमिक विद्यालय परिसरमा निर्मला पन्तको सम्झनामा ‘निर्मला बाल उद्यान’को शिलान्यास गरिएको छ ।

बलात्कारपछि हत्या गरिएकी पन्तको स्मृतिमा वडा कार्यालयको सहयोगमा निर्माण हुन लागेको सो उद्यानको मूल ढोकामै निर्मलाको नाम लेखिने वडाध्यक्ष डम्बर कार्कीले बताए । निर्मलाले अध्ययन गरेको सो विद्यालयले उद्यानका लागि उनले दुई कट्ठा जग्गा उपलब्ध गराएको छ ।

वडा कार्यालयको लगानीमा १२ लाख ४३ हजार रूपैयाँको लागतमा बन्ने उद्यानका लागि चालू आ.व. मा ५ लाख रुपैयाँ बजेट लिएर काम थालिएको वडाध्यक्ष कार्कीको भनाइ छ । वडाध्यक्ष र निर्मलाकी आमा दुर्गादेवीले संयुक्त रुपमा सो उद्यानको शिलान्यास गरे ।

शिलान्यसपछि दुर्गादेवीले छोरी नभए पनि सम्झनामा उद्यानका लागि सहयोगी सबैप्रति आभार प्रकट गरिन् । विद्यालयका शिक्षक नवराज पन्तले निर्मलाको सम्झनाका लागि बन्ने उद्यानको दीर्घकालीन व्यवस्थापनका लागि पहल हुनु पर्नेमा जोड दिए । निर्मला हत्या प्रकरण भएको ६ महिनाभन्दा बढी समय बिते पनि अझै हत्यारा पत्ता लाग्न सकेको छैन र अनुसन्धानका लागि प्रहरीका विभिन्न टोली परिचालित छन् । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर