newskoseli.Com

विप्लवको नाममा चन्दाको धन्दा : ‘आत्मसमर्पण’ गर्न पार्टीको ‘चेतावनी’ !

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भद्रपुर नगर समितिले उक्त पार्टीका नाममा रकम असुली गर्ने सुवास कोइराला भनिने टीका कार्कीलाई ७ दिनभित्र पार्टीमा ‘आत्मसमर्पण गर्न’ सार्वजनिक ‘चेतावनी’ दिएको छ ।

सो पार्टीका भद्रपुर सेक्रेटरी प्रवीन मिश्रद्वारा जारी विज्ञप्तिमा आफूलाई अखिल क्रान्तिकारीको केन्द्रीय उपाध्यक्ष बताउँदै भद्रपुर विद्युत् प्राधिकरणलगायतका विभिन्न स्थानबाट लाखौं रुपैयाँ असुली गरेको पाइएकाले सार्वजनिक विज्ञप्ति जारी गर्नुपरेको बताइएको छ ।

भद्रपुर नगरपालिका घर भई काठमाडौंमै स्थायी बसोबास गर्ने करिव ४० वर्ष उमेरका र मोबाइल नम्बर ९८६६१९३२२६, ९८६९४२१५७३, ९८४०६४७७५८ तथा मोटरसाइकल नम्बर को ५ प ६९७१ प्रयोग गर्ने सुवास कोइरालालाई ७ दिनभित्र पार्टीसमक्ष ‘आत्मसमर्पण’ गर्दै विभिन्न संस्था र व्यक्तिहरूबाट असुलेको रकम सम्बन्धितहरुलाई नै फिर्ता गरी सार्वजानिक रुपले माफी समेत माग्न सो पार्टीले ‘चेतावनी’ दिएको छ ।

७ दिनभित्र सम्पर्कमा नआए निजले प्रयोग गरेको मोटरसाइकल र निजी सम्पत्ति जफत गरी सम्बन्धित संस्था र व्यक्तिहरूको रकम फिर्ता गरिने भन्दै निज व्यक्ति र मोटरसाइकल भेटे–देखेमा पक्राउ गरी पार्टीलार्इ बुझाउन सहयोग गर्न जनसमुदायमा अपिल समेत विज्ञप्तिमा गरिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर