newskoseli.Com

ड्राइभरको आँखा जाँच्न थाल्यो ट्राफिक प्रहरी

राजमार्ग क्षेत्रमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले पहिलो पटक सवारी चालकहरूको स्वास्थ्य परीक्षण सुरु गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी इन्चार्ज नवराज खड्काका अनुसार ट्राफिक प्रहरी निर्देशनालय एवं ३ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय चितवनको निर्देशनमा पासाङल्हामु राजमार्गमा गुड्ने साना–ठूला सबैखाले सवारी साधनका चालक र चालक बन्न लागेका सहचालककोे आँखा तथा उच्च रक्तचाप परीक्षण सुरु गरिएको हो ।

ट्राफिक प्रहरीको आयोजना तथा नेपाल रेडक्रस एवं रसुवा सामुदायिक आँखा केन्द्रको प्राविधिक सहयोगमा बिहीबारदेखि चालकका लागि सञ्चालित स्वास्थ्य तथा आँखा परीक्षण कार्यलाई निरन्तरता दिइने बताइएको छ । परीक्षण गरिएका ५२ मध्ये ४८ चालक तथा ४ सहचालक छन्, तीमध्ये ९ जनाको आँखाको शक्ति कमजोर भेटिएको र ३ जनाको रक्तचाप उच्च रहेको पाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

आँखाको कमजोरी भएकाका लागि थप परीक्षण गरी चस्मा लगाउन र उच्च रक्तचाप भएकालाई छिटो स्वास्थ्य परीक्षण गराई उपचारका साथै खानपिनमा सन्तुलन ल्याउन सुझाव दिइएको ट्राफिक प्रहरीले जनाएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर