newskoseli.Com

पाइप खसेर पैदलयात्रुको मृत्यु, ठेकेदार र कामदारमाथि कारबाही

धुलिखेल नगरपालिका– ७, सरस्वती बजारमा एक घर बनाइरहेको अवस्थामा माथिल्लो तलाबाट फलामको पाइप खसेर पैदलयात्रीको मुत्यु भएपछि प्रहरीले ठेकेदार र कामदारलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

सरस्वती बजारस्थित सूवर्ण श्रेष्ठको घर बनाउने क्रममा सोमबार माथिल्लो तल्लाबाट फलामको पाइप खसेर पैदलयात्री महाभारत गाउँपालिका– ३ का ५५ वर्षीय देवीबहादुर ठाडा मगर घाइते भएका थिए ।उपचारका क्रममा उनको मुत्यु भएपछि ठेकेदार र कामदारलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार भक्तपुर नगरपालिका– २ घर भएका ठेकेदार कृष्णराम अवालसहित दुई कामदारलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ । ‘ठेकेदारसहित तीनलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ,’ प्रहरी नायव उपरीक्षक गिरीले भने– ‘उहाँहरुले लापर्बाही ढङ्गले काम गरेकाले निर्माण सामग्री खसेर पैदलयात्रीको मुत्यु भएको छ, अनुसन्धान भइरहेको छ, ज्यान मुद्दा सम्बन्धीको कारबाही हुन सक्छ ।!

घरधनी श्रेष्ठले भने यसअघि नै मृतक परिवारलाई ६ लाख क्षतिपूर्ति उपलब्ध गराइसकेको मृतकका आफन्त उपेन्द्र ठाडा मगरले बताए । ठेकेदारले भने क्षतिपूर्ति दिन इन्कार गरी कानुन बमोजिम नै हुने बताएपछि त्यही अनुसार प्रक्रिया अगाडि बढाइएको बताइएको छ । मृतक मगर महाभारत गाउँपालिका– ३ का वडा सदस्य समेत रहेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर