newskoseli.Com

सञ्चारमन्त्रीको ‘अनुरोध’ : ‘सरकारको काममा डिस्टर्ब नगर्नुस्’

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारको काममा ‘अवरोध नपुर्‍याउन’ र ‘डिस्टर्ब नगर्न’ सबैमा ‘आग्रह’ गरेका छन् ।

बनेपा नगरपालिका– १०, काङ्गलमा आइतबार पञ्चकन्या मन्दिरको शिलान्यास गर्दै मन्त्री बाँस्कोटाले भने– ‘सरकार क्रमैसँग विकास निर्माणका काम गर्दैछ, सरकारको काममा डिस्टर्ब नगर्नुस् ।’ जनतासँग खाएको ‘कसम’ केही पूरा भएको जिकिर गर्दै बाँकी क्रमैसँग पूरा गरिने प्रतिबद्धता उनले व्यक्त गरे ।

नेपाली नागरिकलाई भूमिहीन नबनाउन गाँस, बास र कपास उनीहरुको अधिकार हो भनेर कानुन ल्याइएको बताउँदै मन्त्री बाँस्कोटाले भने– ‘जब जनताका कानुन बन्दै गर्छन्, आउँदै गर्छन्, जनता बलिया हुँदै जान्छन्, अनि ‘सुखी नेपाली, समृद्ध नेपाल’ को सपना पूरा हुन्छ । उक्त मन्दिर बनेपा नगरपालिका र स्थानीयवासीको सहयोगमा बनाइने बताइएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर