newskoseli.Com

शालीनदी मेलाको बेला : चाबहिल–साँखु सडकमा यात्रुलाई यस्तो सास्ती

अहिले बन्दै गरेको चाबहिल–साँखु सडक खण्डमा लगातार तीन दिनको झरीले सडक हिलाम्मे र चिप्लो हुँदा सर्वसाधारण तथा तीर्थयात्रीलाई समस्या भएको छ ।

काठमाडौंको शङ्खरापुर नगरपालिकास्थित साँखुमा माघ ७ देखि लागेको माधवनारायण शालीनदी मेला भर्न विभिन्न जिल्ला र विदेशबाट समेत आउने भक्तजनले निर्माणाधीन सडकको खराब अवस्थाका कारण निकै सास्ती भोग्नुपरेको दुःखेसो पोखेका छन् ।

सडकमा भएका ठूलठूला खाल्डा, ठाउँ–ठाउँमा थुपारिएका निर्माण सामग्री र माटो–ढुंगा तथा सडकको दायाँबायाँ भत्काएर भैरहेको विस्तारकार्यले चाबहिलदेखि साँखुसम्म पुग्ने सवारी साधन ठाँउ–ठाँउमा फस्ने गरेका छन् भने मोटरसाइकललाई पनि गन्तव्यसम्म पुग्न निकै मुस्किल पर्ने गरेको छ ।

एकातिर लामो सवारी जाम र अर्कातिर हिलो र चिप्लोले दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ । मेला हेर्न आउने भक्तजन धेरै हुने गरेकाले सो सडकमा यातायातको निकै चाप हुने गरेको छ । गन्तव्यसम्म सवारी साधन पुग्न नसक्दा तीर्थयात्री तथा सर्वसाधारण हिलाम्मे सडकमा पैदलकै भरमा मन्दिर जान बाध्य छन् ।

चाबहिल हुँदै साँखुसम्म पुग्ने सरल तथा वैकल्पिक मार्ग छैन, सोही एउटै सडकको प्रयोगमार्फत मात्रै साँखु पुग्न सकिन्छ । सोही कारणले पनि सवारी जामको समस्या खेप्न बाध्य हुनुपरेको रामप्रसाद दुलाल बताउँछन् ।

सरकारले २०७२ मा चाबहिलदेखि साँखुसम्म २२ मिटर चौडा ४ लेनको सडक बनाउने योजना ल्यायो र काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा यस सडक खण्डको निर्माणका लागि टेन्डर आह्वान गरेर असोजमा ४ निर्माण व्यवसायीलाई ठेक्का दिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर