newskoseli.Com

अपाङ्गता भएकाका लागि ५ प्रतिशत आरक्षण कायमै राख्न ध्यानाकर्षण

अपाङ्गता भएका व्यक्तिले यसअघि पाउँदै आएको रोजगारीमा पाँच प्रतिशत आरक्षणको व्यवस्था घटाएर सङ्घीय निजामती सेवा विधेयक, २०७५ मा तीन प्रतिशतमा झारिएकामा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले चिन्ता व्यक्त गरेको छ ।

सो विषयमा बुधबार महासङ्घका पदाधिकारीले नेपाल सरकारका विभिन्न मन्त्रालयमा ध्यानाकर्षणपत्र बुझाउँदै निजामती सेवा ऐनमा पाँच प्रतिशतको आरक्षण यथावत् राख्न माग गरेको महासङ्घका उपाध्यक्ष टीका दाहालले जानकारी दिए । सो विधेयक सङ्घीय संसदमा विचराधीन छ ।

नेपालको संविधानले मौलिक हकलगायत सामाजिक न्यायसम्बन्धी प्रावधानमा अपाङ्गता भएका व्यक्तिका लागि विशेष व्यवस्थासहित शिक्षा, स्वास्थ्य, रोजगारी तथा आयआर्जनमा समान पहुँच स्थापित गर्नुपर्ने व्यवस्था गरेको छ ।

अपाङ्गता भएका बालबालिकाका लागि खोलिएका स्रोत कक्षालाई पहिलेको सरकारले उपलब्ध गराएका शिक्षकको कोटा कटौती गरेकामा उक्त कोटा पुनः उपलब्ध गराउन पनि महासङ्घले माग गरेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर