newskoseli.Com

बीपी राजमार्ग बिहानैदेखि बन्द, अपराह्नतिर बल्ल खुल्यो !

बिहीबार बिहानभर अवरुद्ध हुन पुगेको बीपी राजमार्ग दिउँसोदेखि सुचारु भएको छ । एउटा बलेरो गाडीले दुई छात्रालार्इ ठक्कर दिएर घाइते बनाएपछि अवरूद्ध भएको राजमार्ग सहमतिपछि सुचारु भएको हो ।

क्याम्पस पढ्न जाँदै गर्दा बा ३ च ६७५१ नम्बरको बलेरो भ्यानले बिहीबार बिहानै ती दुई छात्रालार्इ ठक्कर दिएपछि उनीहरु घाइते भएका थिए । सोही विषयलाई लिएर विद्यार्थीले राजमार्गमा टायर बालेर प्रदर्शन गरेका थिए । घाइतेको उपचार र दोषीलाई कारबाहीको माग गर्दै उनीहरुले राजमार्ग अवरुद्ध पारेका थिए । दिउँसो घाइतेको उपचार र दोषीलाई कारबाही गर्ने सहमति भएको थियो ।

ठक्कर दिई फरार रहेको भ्यानलाई प्रहरीले नियन्त्रणमा लिएपछि विद्यार्थीहरू सडक अवरुद्ध गर्न छाडेर प्रहरीसहित तीन पक्षबीच छलफलमा गएका थिए । प्रहरी, राजनीतिक दल र विद्यार्थी प्रतिनिधिको छलफलमा प्रहरीले क्षतिपूर्ति दिलाउन पहल गर्ने, बिरामीको उपचार गर्ने, ट्राफिक नियमको पालना गराउने, माझीटारदेखि ढुङ्ग्रेबाससम्म क्याम्पस पढ्न जाँदा र पढेर फर्कंदा सुरक्षित यात्राको व्यवस्था गर्ने सहमति भएपछि राजमार्ग सुचारु जानकारी भएको विद्यार्थी नेता उत्तम पहाडीले दिए ।

राजमार्गमा पैदल यात्रा गरी क्याम्पस जाँदै गरेकी गोलञ्जोर गाउँपालिका– ३ की १७ वर्षीया रोजिना कार्की र कमलामाई नगरपालिका– ११ की १८ वर्षीया मुनी थापा बलेरोको ठक्करबाट घाइते भएका थिए । घाइतेमध्ये मुनी थापाको अवस्था गम्भीर रहेकाले उपचारका लागि धुलिखेल पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रोजिनाको भने सिन्धुली अस्पतालमै उपचार भइरहेको छ ।

छात्रालाई ठक्कर दिई फरार रहेको बलेरोलाई प्रहरीले बीपी राजमार्ग हुँदै खुर्कोटतर्फ जाँदै गरेको अवस्थामा गढीबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए । सवारी र चालकलाई नियन्त्रणमा लिइएकाले सवारी ऐनअनुसार कारबाही हुने जानकारी प्रहरी उपरीक्षक सिंहले दिए । राजमार्गमा हुने दुर्घटना न्यूनीकरणका लागि आवश्यक प्रयास गर्ने जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर