newskoseli.Com

नेपालमै फेरि समातियो १८ किलो सुन !

पुनर्वास नगरपालिका– २, कञ्चनपुरस्थित स्थानीय शङ्कर विकको घरमा लुकाएर राखेको १८ किलो सुन नेपाल प्रहरी र सीआर्इबीको टोलीले बिहीबार अपराह्न बरामद गरेको छ ।

बरामद गरेको सुन जिल्ला प्रहरी कार्यालयमा ल्याइएको कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुवेर कडायत जानकारी गराएका छन् । यस अघिको साढे ३३ किलो अवैध सुन र त्यस सम्बन्धमा भएको हत्याकाण्ड सेलाई नसक्दै फेरि अर्को ठूलो सुनकाण्डको खबर सार्वजनिक भएको छ ।

बहुचर्चित साढे २२ किलो सुनकाण्डमा अरुका त कुरै छाडौं, दर्जनौ प्रहरी अधिकारीहरु सहित झन्डै एक दर्जन न्यायाधीश समेतको ‘इमेज’ र ‘प्रोफेसन’ धरापमा परेको छ । अब फेरि समातिएको १८ किलो सुनकाण्डले क–कसलाई कहाँ पुर्याउने हो, यसै भन्न नसकिने जानकारहरु बताउँछन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर