newskoseli.Com

बस खस्यो भेरी नदीमा : ४ को मृत्यु, ४ को अवस्था अज्ञात

बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिमथित राडी बजारतर्फ जाँदै गरेको भे १ ख १३२९ नम्बरको यात्रुवाहक बस भेरी नदीमा खस्दा ४ जनाको मृत्यु भएको छ ।

बिहीबार बेलुका जाजरकोटको भेरी नगरपालिका– १ स्थित खलङ्गा–रिम्ना सडकखण्डको पिपे नजिकबाट बस भेरीमा खसेको हो । बसको चलानी अनुसार ८ जना यात्रु रहेको देखिएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

रुकुम प्रहरीका अनुसार ४ जनाको शव निकालिसकिएको छ भने बाँकीको अवस्था अज्ञात छ । उद्धारका लागि घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । उद्धारका लागि रुकुम पश्चिमको चाइना बगरबाट प्रहरी घटनास्थलमा खटिएको जानकारी प्रजिअ बस्नेतले दिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर